चौकिटोलको सडकमै सुमो चालकहरुको लागूपदार्थ सेवन परिक्षण

(फोटो फिचर)
हेटौडा न्युज
५ असार २०७९, आईतवार १९:१३
;

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपु्रले लागूपदार्थ सेवन गरि सवारी चलाउने चालकहरुको पहिचान गर्न आज चौकिटोलमा सडकमै लागूपदार्थ सेवन परिक्षण गरेको छ ।

लागु पदार्थ सेवन गरी सवारी चलाउँने चालकको संख्या बढिरहेको गुनाँसो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि ट्राफिक प्रहरी कार्यालयले लागूपदार्थ सेवन परिक्षण जाँच सुरु गरेको हो । हेटौंडाबाट भिमफेदी हुदैँ काठमाडौं जाने छोटो दुरीमा चल्ने टाटासुमोका सवारी चालकहरुले लागूपदार्थ सेवन गरेर सवारी चलाउने गरेको गुनासो प्राप्त भएपछि आज चौकिटोलमै टाटा सुमोका चालकहरु तथा भारतीय सवारी चालकहरुको लागूपदार्थ सेवन परिक्षण गरिएको हो ।

आज २४ जना सवारी चालकहरुको लागूपदार्थ सेवन परिक्षण गरिएकोमा २ जनाको पोटेटिभ र २२ जनाको नेगेटिभ देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । लागूपदार्थ सेवन परिक्षण पाजेटिभ देखिएका २ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*