स्काउटको स्थापना दिवसको अवसरमा कार्यालय उद्घाटन तथा दिक्षान्त
मकवानपुर । नेपाल स्काउटको ७१ औं स्थापना दिवसको अवसरमा नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिले आफ्नो कार्यालय स्थापना गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाकी नव निर्वाचित मेयर एवम् स्थानीय स्काउट संरक्षक मिना कुमारी लामा र उप मेयर एवम् स्थानीय स्काउट प्रमुख राजेश बानियाले कार्यालयको संयुक्त उद्घाटन गरेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ बालज्योती माबि सङै रहेको पुरानो जिल्ला स्काउट कार्यालय भवनमा नगरसमितिको कार्यालय स्थापना गरेको हो ।
स्थानीय स्काउट कार्यालयमा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा ,उपप्रमुख राजेश बानियाँ र प्रशासकीय अधिकृत शिवराज चौलागाईंले स्काउट दिक्षा लिएका छन् । नगरप्रमुख ,उपप्रमुख र कार्यकारी अधिकृतलाई नेपाल स्काउट बागमती स्काउट कार्यालयका संयोजक शिवराम अर्यालले दिक्षान्त गराएका थिए । नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितीका संयोजक दिपेन्द्र रोक्काको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।










