धारिलो हतियार प्रहार गरी युवकको हत्या

मकवानपुर । धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सर्लाहीमा एक युवकको शव फेला परेको छ ।
युवकको शव रगतले लतपतिएको अवस्थामा गाउँकै बाँस झाडी नजिक फेला परेको छ । कबिलासी नगरपालिका ८ अगर्वाका २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या भएको हो ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् । उनको हत्याको कारण खुल्न सकेका छैन ।