हेटौंडा अस्पतालको बेथितिमा युवाहरुको खबरदारी

भौतिक संरचना अभावको कारण देखाउँदै अस्पताल प्रशासन
हेटौडा न्युज
७ असार २०७९, मंगलवार १८:२०
;

मकवानपुर । हेटौंडा अस्पतालमा सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो आएपछि हेटौंडाका युवाहरुले हिजोदेखि अस्पताल परिसरमा धर्ना दिएर खबरदारी गरिरहेका छन् ।

हिजो अस्पतालग गेटमा सेवाग्राहीले भोग्नुपरेको सास्तीको विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटालाई स्थानीय युवाहरुले ध्यानाकर्ष गराएका थिए । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा बिरामीले खेप्नु परेको सास्तीको विरुद्ध अस्पतालमा नागरिकले आन्दोलन थालेका छन् । आज पनि विरोध स्वरुप अस्पतालमा हेटौंडामा स्वतन्त्र युवाले धर्ना दिएका थिए ।

उनीहरुले प्रतिष्ठानका रजिष्ट्रार तथा अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेश प्रसाईलाई अस्पतालको बेथितिविरुद्ध ध्यानाकर्षण गराए । उनिहरुले अस्पतालमा मन्लाग्दी भईरहे जनतालेनै कर्मचारी र स्वास्थ्यकर्मिलाई कारवाही गर्ने चेतावनी समेत दिएका छन् । अस्पतालमा टोकन काट्नदेखि चिकित्सकलाई देखाउन र औषधि लिदासम्म ३ दिनदेखि ४ दिनसम्म लाग्ने गर्छ । अस्पताल प्रशासनको बेवास्ता र गैर जिम्मेवारीपनका कारण अहिले अस्पतालमा बिरामिले सहजरुपमा उपचार पाउन सकेका छैनन् । यता अस्पतालले आजै दिउँसो पत्रकार सम्मेलन गर्दे आफुहरुले नागरिकहरुलाई सहज सेवा दिएको दाबी गरेको छ । अस्पताल प्रशासनले हरेक समस्यामा भौतिक संरचना अभावकै कारण देखाएर उम्किन खोजेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*