ट्रिप्परको ठक्करबाट एक महिलाको मृत्यु
मकवानपुर । ट्रिप्परको ठक्करबाट काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर–१ देउराली भञ्ज्याङमा एक महिलाको मृत्यु भएको छ ।
मंगलबार राति ९ बजे प्रदेश ३ ०१–००६ ख ३४७४ नम्बरको ट्रिप्परले ठक्कर दिंदा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकावडा नम्बर१३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको ।
पैदल हिंडिरहेको बेला ट्रिप्परले ठक्कर दिंदा दनुवारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।ट्रिप्पर चालकलाई इलाका प्रहरी कार्यालय मेलम्चीले नियन्त्रणमा लिएको छ ।










