बागमती प्रदेशमा रासायनिक मल उद्योग स्थापना गर्न

मकवानपुर । बागमती प्रदेशमा रासायनिक मल उद्योग स्थापनाको लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययन तथा विस्तृत प्रतिवेदन तयार गर्न काठमाडौं विश्व विद्यालयसँग सम्झौता गरेको छ ।
आज बागमती प्रदेशको तर्फबाट कृषि तथा पशुपक्षी मन्त्री बसुन्धरा हुमागाई र काठमाडौ विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रध्यापक डाक्टर भोला थापाका बीच आगामी १ वर्ष भित्र विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । करीब ६० अर्ब लागत अनुमान गरिएको सो उद्योग स्थापनाको लागि प्रदेश सरकारले पब्लिक प्राईभेट पार्टनरसीप मोडेलमा अघि बढ्ने कृषि तथा पशुपक्षी विकास मन्त्री बसुन्धरा हुमागाईले बताएका छन् ।
सरकारले बार्षिक २ सय मेट्रिक टन रासायनिक मल उत्पादन गर्ने उद्योगका लागि ६ महिनाभित्र विश्वविद्यालयले प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले जानकारी दिएका छन् । प्रतिवेदन तयार गर्न विश्व विद्यालयलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ खर्चिने भएको छ ।