ट्रक ब्यवसायी महासंघका अध्यक्ष श्रेष्ठलाई संघको बधाई
मकवानपुर । नेपाल ट्रक यातायात ब्यवसायी महासंघको नव निर्वाचित अध्यक्ष हिरालाल श्रेष्ठलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।
आईतबार एक कार्यक्रमकाबीच नारायणी संघ हेटौंडाले संघका अध्यक्ष समेत रहेका हिरालाल श्रेष्ठलाई नेपाल ट्रक यातायात ब्यवसायी महासंघको अध्यक्षमा निर्वाचित भएपछि बधाई तथा शुभकामना कार्यक्रम गरेको हो । महासंघको १५ औ साधारणसभा तथा ७ औ अधिवेशन बाट अध्यक्ष पदमा श्रेष्ठ निर्वाचित भएका थिए ।
यस्तै उपाध्यक्षमा बिष्णु न्यौपाने र कृषहरि जिसि, महासचिवमा राजेन्द्रबिक्रम बानियाँ,उपमहासचिवमा मेघराज सिग्देल ,सचिवमा उमेशचन्द्र मजगैया, कोषाध्यक्षमा ओमकृष्ण काकी र सह–कोषाध्यक्षमा राजन केसी निर्वाचित भएका थिए ।










