हत्यामा संलग्न आरोप लागेकी मेयरेसहित ७ जना पक्राउ

हेटौडा न्युज
१९ असार २०७९, आईतवार १५:४९
;

मकवानपुर । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाहीको हत्यामा संलग्न आरोप लागेका मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।

जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय शाहीको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए । उनले हत्या भएको भन्दै नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।

यसअघि जाहेरी दर्ता भएको मध्ये पाँचजनालाई पक्राउ गरेको र अन्य दुईजनालाई हिजो नियन्त्रणमा दिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । हिजो पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन् । यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेस गर्ने जनाएको छ ।–नेपालप्रेसबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*