एकै दिन २५ अर्ब ५५ करोड बजेट खर्च

मकवानपुर । आर्थिक वर्ष २०७८÷७९ को खर्चअन्तर्गत हिजो शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ ।
हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ । प्रायः शनिबार सरकारी भुक्तानी हुँदैन । तर, हिजो महालेखा नियन्त्रकले भुक्तानी दिनू भनेर सूचना निकालेपछि सो रकम भुक्तानी भएको हो ।चालू आवमा १६ खर्ब ३२ अर्ब पूँजीगत खर्च मध्ये १२ खर्ब ३७ अर्ब ७० करोढ रुपैंया खर्च भएको छ । विकास खर्च ३ खर्ब ७८ अर्ब रुपैयाँमा १ खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ खर्च भएको छ ।
चालु आवमा ११ खर्ब ८० अर्ब ६० करोड राजस्व संकलन गर्ने लक्ष्य सरकारले राखेको थियो । शनिबारसम्म १० खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ राजश्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द रहने जनाएको थियो ।–नेपाल प्रेसबाट