वनबिज्ञान अध्ययन संस्थानलाई सुदृढ बनाउनुपर्छ : मेयर लामा
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामाले वन बिज्ञान अध्ययन संस्थानको विकास र संरक्षणको लागि संघ, प्रदेश र स्थानिय सरकारबिच समन्वय गरि थप सुदृढ गर्नुपर्ने बताएकी छिन् ।
त्रिभुवन विश्वविद्यालयको ६३ औं बार्षिक उत्सबको अबसरमा वनबिज्ञान अध्ययन संस्थानले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मेयर लामाले हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामाले वन बिज्ञान अध्ययन संस्थानको विकास र संरक्षणको लागि संघ, प्रदेश र स्थानिय सरकारबिच समन्वय गरि थप सुदृढ गर्नुपर्ने बताएकी हुन् । उनले वन बिज्ञान अध्ययन संस्थानको शैक्षिक तथा भौतिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । एउटै भौतिक संरचनामा दुईवटा अध्ययन संस्थान भएकोले कागजमा मात्र नभएर भौतिकरुपमा अलग हुनको लागि भौतिक संरचना बनाउन पर्ने र बिबाद समाधान गरिनुपर्ने उनको भनाई थियो ।
भारतिय महाबाणिज्य दुताबास बिरगंजका प्रमुख नितेश कुमारले नेपाल र भारतबिचको सम्बन्ध अत्यन्त सुमधुर रहेको उल्लेख गर्दै नेपालको शैक्षिक क्षेत्रमा भारत सरकारले सहयोग गरिरहेको र आगामी दिनमा पनि थप सहयोग गर्ने बताए । उनले फरेष्टि क्याम्पस देहरादुनको मोडलको आधारमा हेटौंडाको वन बिज्ञान अध्ययन संस्थानको भौतिक पूर्वाधारको निर्माण भएको र आगामी दिनमा पनि निर्माणमा आर्थिक सहयोग गरिने बताए । यस्तै हेटौंडा उपमहानगरपालिका १० का वडा अध्यक्ष फूर्वा लामाले स्थानिय र अध्ययन संस्थानबिच सुरक्षाको लागि समन्वय आबश्यक रहेको बताए ।










