सामाजिक सुरक्षामा सरकार र नागरिकको भूमिका विषयक कार्यक्रम सम्पन्न
मकवानपुर । सामाजिक सुरक्षा वितरण कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिका विषयक प्रदेश स्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रम हेटौंडामा भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आयोजना र हेटौंडा उपमहानगरपालिकाको समन्वयमा हेटौंडामा सामाजिक सुरक्षा वितरण कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिका विषयक प्रदेश स्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो ।
विभागले आईतबार हेटौंडामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सम्वन्धी सार्बजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा हेटौंडाका बिभीन्न वडाका वडाअध्यक्षहरु, वडा सचिबहरु, नागरिक समाजका प्रतिनिधीहरु, संचारकर्मीहरु लगायतकाले कानून र व्यवहारमा परेका अप्ठ्याराहरुका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले नागरिकलाई पर्ने हरेक काममा सहजीकरण गरेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, वडा अध्यक्षहरु सविन न्यौपाने, सुकराम केसी, धन बहादुर थापा, फुर्वा दोर्जे लामा, शुशिल घिमिरे, सुनिल मोक्तान, बिष्णु गोपाल महर्जन, जुना दाहाल, नागरिक समाजका तर्फबाट केदार प्रसाद न्यौपाने, टिका भक्त उप्रेती लगायतकाले सार्वजनिक सुनुवाइमा आफ्ना धारणन व्यक्त गरेका थिए ।










