वरिष्ठ पत्रकार विष्टको ‘छेलिएका अनुहार’ पुस्तक हेटौंडामा विमोचन

हेटौडा न्युज
३२ असार २०७९, शनिबार १४:५९
;

मकवानपुर । चेपाङ्, बनकरिया र गाडी बोक्नेहरुको अवस्था समेटिएर मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्टले लेखेका पुस्तक ‘छेलिएका अनुहार’ पुस्तक हेटौंडामा विमोचन गरिएको छ ।

शनिबार हेटौंडाका एक कार्यक्रमको आयोजना गर्दै चेपाङ् सम्ुदायका पहिलो मन्त्री बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा, सन्तोषी वनकरिया, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, वरिष्ठ साहित्यकार तुल्सी थापाले सुयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए । २०४९ साल फागुन १३ गतेदेखि कान्तिपुर दैनिकमा आवद्ध भएका विष्टले २०५० सालमा अल्पसंख्यक चेपाङ समुदायको विषयमा समाचार लेख्न सुरु गरेका थिए ।

यस्तै २०५२ सालमा वनमै रहेका वनकरिया समुदायको विषयमा समाचार लेखेका विष्टलाई चेपाङ र वनकरियाको पत्रकारको रुपमा उपमा समेत दिने गरेको छ । पुस्तक विशेषगरी चेपाङ र बनकरिया समुदायको विषयमा सुरुवातदेखि नै लेखिएको समाचारहरुकै एकीकृत आकारको रुपमा रहेको छ । ‘छेलिएका अनुहार’ अल्पसंख्यक चेपाङ, वनकरिया समुदाय र राणाकालमा गाडी बोक्नेहरुको विषयमा तयार पारिएको कृति हो । पुस्तक सांग्रीला पब्लिकेशनले प्रकाशन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*