मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मकवानपुर । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका–२ मोतीपुरमा सडक छेउमा रोकिएको बा २१ च २९०३ नम्बरको जीपसँग क १ प १५९८ नम्बरको मोटरसाइकल ठोक्किएरे दुर्घटना भएको हो । प्रदेशका अनुसार चालक जुम्लाको तातोपानी गाउँपालिका–१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको हो ।
सख्त घाइते भएका जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय अक्कल कठायत घाइते भएका छन् । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










