दुग्ध प्रशोधन उद्योग सञ्चालनको अन्तिम चरणमा

हेटौडा न्युज
१८ श्रावण २०७९, बुधबार १६:२०
;

मकवानपुर । मकवानपुरमा दुग्ध प्रशोधन डेरी उद्योग सञ्चालनको अन्तिम चरणमा रहेको छ ।

मंगलबार प्रदेश सहकारी वोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको उपस्थितीमा उद्योगमा जडान भएका मेशिनको प्रारम्भिक परिक्षण गरिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा सञ्चालनको तयारीमा रहेको उद्योगलाई प्रदेश सरकार,सहकारी बजार विकास कार्यक्रम(सिएमडिपी) र सहकारीको लगानीमा दुग्ध प्रशोधन उद्योग निर्माण गरिएको हो । मेशिन परिक्षण पश्चात कार्यकारी उपाध्यक्ष देवकोटाले जिल्ला दुग्ध उत्पादक सहकारी संघमा संकलित दुधलाई विभिन्न परिकार बनाई बजारिकरण गर्ने उद्देश्य अनुरुप सञ्चालनको तयारीमा रहेको उद्योगले जिल्लामा दुग्धजन्य पदार्थ विक्री वितरण गर्न सक्ने बताए । सहकारी संघका आवद्ध भएका सहकारीमा संकलित दुधलाई अब कच्चा दुध मात्र नभई दुधका परिकारहरु पनि तयार पारी विक्री गरिने संघका अध्यक्ष बासुदेव अधिकारीले बताए ।

मंगलबार उद्योगमा खुवा, प्रशोधित दुध र दही तयार हुने मेशिनको परिक्षण गरिएको थियो । उद्योगले आइसक्रिम, पनिर,घ्यु, बटर(नौनी),जिरा मोहीहरु प्नि उत्पादन गरिने संघका व्यवस्थापक कुमारमणि दाहालले बताए । करिब ६ करोड लगानीमा निर्माण भईरहेको उद्योगमा बागमती प्रदेश सरकारको ५७ लाख २० हजार, सहकारी बजार विकास कार्यक्रमको दुइ चरण गरि एक करोड ७१ लख र सहकारी संघको करिब ३ करोड लगानी परेको व्यवस्थापक दाहालले बताए । हामीले मेशिन परिक्षण गयौं केही मेशिन आउन बाकीँ छ दशैंको समय पारेर सबै वस्तु उत्पादन हुने गरि उद्योग पूर्ण रुपमा सञ्चालन गरिने उनले बताए । उनले एक सिफ्टमा १० हजार दुधको विभिन्न परिकार बनाउन सक्ने क्षमता उद्योगको रहेको बताएका छ् । संघमा जिल्लाका ६० वटा सहकारी संस्था आवद्ध रहेका छन् । संघले दैनिक ४० हजार लिटर दुघ खरिद बिक्रिका लागि सहजीकरण गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*