मकवानपुरको कैलाशमा खोलाले बगाएर एकको मृत्यु, एक बेपत्ता

हेटौंडा । पश्चिम मकवानपुरको कैलाश गाउँपालिकामा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् ।
कैलाश गाउँपालिका–१० को धाँदरबाट नाम्सेदुङ्ग जाने क्रममा मनहरी खोला तर्दा बगाएका ३ जना मध्ये एक जनाको शव भेटिएको, एक जना खोलाबाट बाहिरन सफल भएको र एक अझै वेपत्ता रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
शनिबार साँझ खोलाले बगाएका मध्ये बिमला सुनार बाहिरिन सफल भएको, सन्तमाया प्रजाको शव फेला परेको तथा माइलीमाया रुम्बा अझै बेपत्ता रहेको प्रहरीको भनाई छ ।