१५ बुँदे दामन घोषणापत्र जारी गर्दै मञ्चको बैठक सम्पन्न

हेटौडा न्युज
१५ कार्तिक २०७९, मंगलवार ०८:०३
;

मकवानपुर । उपभोक्ता हित संरक्षण मञ्च नेपालको केन्द्रीय बैठक सम्पन्न गरेको छ । मकवानपुरको दामनमा भएको बैठकले १५ बुँदै घोषणापत्र समेत जारी गरेको छ । ३ दिनसम्म भएको बैठकले दामन घोषणापत्र समेत जारी गरेको छ ।

घोषणापत्रमा उपभोक्ता संरक्षण ऐन, २०७५ को अक्षरस कार्यान्वयन, उपभोक्ता अदालत गठन, प्रदेश उपभोक्ता हित संरक्षण ऐन, स्थानिय बजार ब्यवस्थापन सम्बन्धी ऐन, उपभोक्ता सूचना केन्द्र स्थापना, प्रभावकारी बजार अनुगमन, भ्रामक बिज्ञापनमा रोक लगायतका विषय उपर तीनवटै सरकारको ध्यानाकर्षण गराईएको छ ।

बैठकले देशका विभिन्न जिल्लामा आफ्ना पदाधिकारीहरु पनि थप गर्दै मञ्चको गतिविधिलाई थप विस्तार गरेको छ । नेपालको संबिधानको धारा ४४ बमोजिम उपभोक्ताको हक अधिकारका लागि मञ्चले आफ्नो गतिविधि गर्दै आएको छ । बैठकमा मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाँसहित प्रदेश तथा जिल्ला तहका मञ्चका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*