निर्वाचनको लागि मतपत्र छपाई सम्पन्न
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कूल आठ करोड तीन लाख ९४ हजार ५०० मतपत्र छपाइ सम्पन्न भएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनतर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ एक करोड ९९ लाख १८ हजार ५०० र समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए ।
भट्टराईका अनुसार निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो ।










