मकवानपुरमा सवारी दुर्घटना : एकको मृत्यु,३ जना घाइते

हेटौडा न्युज
१५ पुष २०७९, शुक्रबार १४:४६
;

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका ५ को तीन तलेमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जन रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

शुक्रबार बिहान हेटौंडाबाट फापरबारी जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड ट्रकले ठक्कर दिँदा भम्जनसहित ४ जना घाइते भएका थिए ।

त्यस्तै ट्रकका सहचालक निजगढ-४ का टोकल बस्नेतलाई थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीले जानकारी दिएको हो ।

घाइते हुनेमा ट्रक चालक बारा जिल्लाको निजगढ ९ बस्ने बर्ष २५ को सुर्य बहादुर घिमिरे र मोटरसाइकल पछाडी बस्ने बर्ष अन्दाजी ३५/४० कि हिरामायाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*