अमेरिकी डलरसहित मकवानपुरबाट ४ जना पक्राउ

हेटौंडा । अमेरिकी डलर देखाएर ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो विशेष सूचनाको आधारमा हेटौंडा(१७ सालकपार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीहरुको साथबाट ३ वटा मोटरसाइकल, अमेरिकी डलर १ हजार ७४१ र नेपाली ६ हजार २१० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो । उनीहरुको साथमा रहेको ३ वटा मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्बिसे नगरपालिका ३ बस्ने बर्ष २१ को सोम बहादुर बम्जन, सोहि ठाउँका बर्ष ३३ को दिबस बम्जन र बर्ष २८ को कान्छा तामाङको साथै त्रिपुरासुन्दरी गाउँपालिका ३ बस्ने बर्ष २८ को सुक्र तामाङ रहेको प्रहरीले बताएको हो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।