हेटौंडामा माघ २० गतेदेखि शैक्षिक प्रदर्शनी हुँदै

हेटौडा न्युज
१८ माघ २०७९, बुधबार १०:५१
;

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम २०७९ हुने भएको छ ।

वडामा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू बीच स्वस्थ्य प्रतिस्पधाको माध्यमद्वारा शैक्षिक गुणस्तर सुधार ल्याउने उद्देश्यले माघ २० गते रोयल पार्टी प्यालेसमा कार्यक्रम गरिने वडाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । शैक्षिक गुणस्तर सुधार समिति हेटौडा-४ को व्यवस्थापनमा हुन लागेको कार्यक्रममा विज्ञान, गणित र सामाजिक विषयको शैक्षिक प्रदर्शनी तथा सिर्जनशिल प्रतिभा गायन र नृत्यकला समेत हुने समितिका संयोजक श्रीराम दाहालले बताए ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ४ शैक्षिक संस्था र अध्ययन गर्ने विद्यार्थी संख्याको हिसावले मकवानपुर जिल्ला कै शैक्षिक केन्द्र हो । वडा अध्यक्ष नविन सिग्देल भन्छन्,  ”यहाँको विकास र समृद्धि लागि शैक्षिक क्षेत्रको विकास र उन्नती आवश्यक छ । आजको प्रतिस्पर्धात्मक युगमा शिक्षालाई समयानुकुल बनाउन स्वथ्य शैक्षिक प्रतिस्पर्धालाई प्राथमिकता दिनु आवश्यक छ । स्वस्थ शैक्षिक प्रतिस्पर्धा विद्यार्थी र विद्यार्थी बीचमा, शिक्षक र शिक्षक बीचमा, विद्यालय र विद्यालयबीचमा हुन आवश्यक छ,त्यसैले भौतिक विकासबाट वडाले अब सामाजिक विकासमा ध्यान दिदै छ ।”

वडा अध्यक्षका सिग्देलका अनुसार मेलाको करिब दशहजार विद्यार्थी तथा अभिभावकले अवलोकन गर्नेछन् । मेलाको उद्घाटन वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपलियाले गर्ने वडाले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*