बागमती प्रदेशका ७ अस्पताललाई एम्बुलेन्स

मकवानपुर । बागमती प्रदेश सरकारले आज प्रदेशका विभिन्न ७ अस्पताललाई ख वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । प्रदेश सरकारको अघिल्लो आर्थिक बर्षको बजेटबाट खरीद गरिएको एम्बुलेन्सको साँचो अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्त्रण गरेको थियो ।
प्रति एम्बुलेन्स ५२ लाख ९० हजार रकममा खरीद भएका एम्बुलेन्सहरुको कूल लागत ३ करोड ७० लाख रुपैयाँ रहेको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रोमश्वर श्रेष्ठले ती एम्बुलेन्स हस्तान्तरण गरेका थिए । एम्बुलेन्सहरु भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाई स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर अस्पताल रत्ननगरलाई हस्तान्तरण गरिएको छ ।