मकवानपुरमा उपभोक्ता सचेतना कार्यक्रम

हेटौडा न्युज
५ फाल्गुन २०७९, शुक्रबार १६:३७
;

हेटौंडा । उपभोक्ता हित संरक्षण मञ्च नेपालको मकवानपुर शाखाले शुक्रवार सरोकारवालाहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ । वस्तु तथा सेवाको क्षेत्रमा देखिएका समस्या र चुनौतिहरुको विषयमा कार्यक्रममा छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रममा उपभोक्ताहरुले प्रयोग गर्ने सेवा तथा वस्तुहरुमा सहजता तथा शुद्धताका लागि भए गरेका कार्यहरु र बजारमा देखिएका कमीकमजोरीलाई समाधानका उपायहरुमा चर्चा गरिएको थियो ।

सेवा तथा वस्तुहरुमा सम्बन्धित निकायहरुले गरेका अनुगमनलाई अझ प्रभावकारी बनाउन सरोकारवालाहरुले जोड दिएका थिए । बजारमा अनुगमनका क्रममा कानून तथा ऐन विपरित गरेकाहरुलाई समयमा कार्वाही गर्न अझै नसकेको तर्फ ध्यानाकर्षण गराएका थिए ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय, प्रदेश दुग्ध विकास बोर्ड, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय, मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । मञ्चका जिल्ला अध्यक्ष मदन रिमालको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*