लियो क्लब अफ हेटौंडाको अध्यक्षमा सापकोटा

हेटौडा न्युज
४ जेष्ठ २०८०, बिहीबार १२:१२
;

हेटौंडा । लियो क्लब अफ हेटौंडाको अध्यक्षमा समीर सापकोटा चयन भएका छन् । क्लबको ३१ औं साधारण सभाबाट लायन्स वर्ष २०२३/२४ का लागि सापकोटाले नेतृत्वको जिम्मा पाएका हुन ।

लायन्स वर्ष २०१७/१८ मा लियो क्लब अफ हेटौंडाको सदस्यबाट लियो यात्रा सुरु गरेका सापकोटाले २०१९/२० मा क्लबको टेल ट्विस्टर, २०२०/२१ मा सह-सचिव, २०२१/२२ मा सचीव भुमिका निर्वाह गरेका थिए । त्यस्तै लायन्स वर्ष २०२२/२३ मा उपाध्यक्ष भएर काम गरेका थिए ।

सभाले क्लबको उपाध्यक्षमा आयुष शाहीलाई चयन गरेको छ भने सचिवमा मनोज लामा, कोषाध्यक्षमा विसभ चापागाईलाई जिम्मेवारी दिएको छ । नेतृत्व र व्यक्तित्व विकासका लागि लियो क्लबको महत्वोपुर्ण भुमिका रहने भएकाले आफू लियोमा आवद्द भएको सापकोटा बताउछन् ।

लियो क्लब अफ हेटौंडा मकवानपुर जिल्लाकै सबै भन्दा पुरानो क्लब हो । क्लबले विभिन्न दिर्घकालिन योजनाहरुमा काम गरिरहेको नवनिर्वाचित अध्यक्ष सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*