महोत्सवको हिसाब सार्वजनिक

हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघले महोत्सवको आम्दानी र खर्च सार्वजनिक गरेको छ । संघले पत्रकार सम्मेलन मार्फत आम्दानीखर्च विवरण सार्वजनिक गरेको हो । राष्ट्रिय औद्योगिक व्यापार महोत्सव–२०७९ बाट संघले १ करोड २१ लाख ४९ हजार रुपैयाँ आमदानी गरेकोमा १ करोड १३ लाख ९८ हजार रुपैयाँ खर्च भएको जनाएको छ । महोत्सवबाट संघले ७ लाख ५० हजार रुपैयाँ मात्र नाफा गरेको उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले पत्रकारहरुलाई जानकारी गराएका थिए । संघका अनुसार महोत्सवमा विभिन्न उद्योग प्रतिष्ठानहरुबाट ३२ लाख ८० हजार रुपैयाँ जिन्सीसमेत गरी प्राप्त हुन बाँकी रहेको र चाँडै नै संघको कोषमा जम्मा हुने बताईएको छ ।
महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो भने कृषि, उद्योग, व्यवसाय, निर्माण, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादन तथा सेवाहरुका स्टलहरु राखिएको थियो । संघले महोत्सवको आय करबाट १९ लाख रुपैयाँ राजश्व बुझाएको जनाएको छ ।
खर्च विवरणः