बागमती प्रदेशमा गतबर्षको तुलनामा दोब्बर परिमाणमा लागूऔषध पक्राऊ

आत्महत्या गर्नेको संख्यामा वृद्धि, अपराधको दर्ता ३ प्रतिशतले बढ्यो, सवारी दुर्घटना १५ प्रतिशतले बढ्यो
हेटौडा न्युज
२५ जेष्ठ २०८०, बिहीबार ११:४७
;

मकवानपुर । प्रदेश प्रहरी कार्यालय हेटौंडाले चालु आर्थिक र्षको प्रहरी विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले गत बर्ष र चालु आर्थिक बर्षको तुलनात्मक विवरण सार्वजनिक गरेकी हुन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार चालु गाँजा ७ हजार ७५ केजि, चरेश १५९ केजि, अफिम १३ केजि, खैरो हिरोईन २५५ ग्राम, औषधिजन्य ३०,४१० एम्पुलर ट्यावलेट सहित ४९१ जना पक्राऊ गरेको जनाउको छ । गत बर्षको यही अवधिमा बागमती प्रदेशमा गाँजा ३ हजार ६ सय ८८ केजि, चरेश १९९ केजि, अफिम २६ केजि, खैरो हिरोईन १३७ ग्राम, औषधिजन्य १ लाख ६० हजार ३८८ एम्पुल सहित ४७८ जना पक्राऊ गरेको थियो ।
गतबर्षको तुलनामा बागमतीमा आत्महत्या गर्नेको संख्यामा शुन्य दशमलब ६ प्रतिशतले वृद्धि भउको जनाएको छ । प्रदेश प्रहरीका अनुसार अपराध घटनाको दर्तामा समेत ३ दशमलब १ प्रतिशतले वृद्धि भएको छ । बागमतीमा अघिल्लो बर्षभन्दा १५ प्रतिशतले सवारी दुर्घटना बढेको छ । प्रहरीका अनुसार सानाठूला गरी यो आर्थिक बर्षका १ हजार १ सय ९४ सवारी दुर्घटना भएको र दुर्घटनाबाट २ सय ७१ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले कर्तव्यज्यान अन्तरगत ३६, ज्यान मार्ने उद्योगमा ६३, सवारी ज्यानमा २०८, लागुऔषधमा ३२२, जबरजस्ती करणीमा २२४, जबरजस्ती करणी उद्योगमा ५९, आत्महत्यामा ७९४, ठगी ५७, चोरी २५९, बहुविवाह ६५, जुवातासमा ३३ र अन्य शीर्षकमा एक हजार ९३४ मुद्दा दर्ता भएको पत्रकार सम्मेलनमा जानकारी दिउका थिए ।
प्रदेश प्रहरी प्रमुख राणाले सबै किसिमको तस्करी नियन्त्रण गर्ने, अवैध प्राकृतिक स्रोतसाधनको दोहनलाई पूर्ण रुपमा निषेध गरिने, प्रहरी जनशक्ति सुदृढिकरण एंव शुन्यसहनशीलाको नीति अवलम्बन गर्ने जस्ता योजनाहरु रहेको बताएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*