हेटौंडामा प्रदेश स्तरीय सहकारी गोष्ठी सकियो

नौं बुँदे “हेटौंडा घोषणापत्र” जारी
हेटौडा न्युज
३१ जेष्ठ २०८०, बुधबार १५:२३
;

मकवानपुर । बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा हेटौंडामा सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक दुई दिने प्रदेश स्तरीय अन्तरक्रिया सकिएको छ । आज बुधबार ९ बुँदे प्रतिवद्धता पत्र घोषणा गर्दै गोष्ठी समापन भएको हो । प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाका अनुसार आ.व २०८०/०८१ लाई “सदस्य जागरण वर्ष” को रुपमा कार्यक्रम तयार गरी कार्यन्वयन गर्ने गराउने,प्रदेश सहकारी नीति निर्माणमा बागमती प्रदेश सरकारलाई सबै

संघहरुले सहयोग गर्ने र यस वर्ष बागमती प्रदेश सहकारी नीति तर्जुमा गर्ने विषय गोष्ठीबाट पारित भएको छ ।
बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले बागमती प्रदेश भित्रका सहकारीहरुको वास्तविक अवस्थाको जानकारी प्राप्त गर्ने गरी सबै सहकारीहरुको वस्तुगत विवरण सहितको तथ्याङ्कहरु संकलन गरी प्रकाशन गर्ने, संघीय सहकारी ऐन, नियमावली र बागमती प्रदेश सहकारी ऐन, नियमावली बीचमा देखिएका दोहोरोपन हटाउन ऐन नियमावलीहरु अभियानको सुझावका आधारमा आवश्यक्ता अनुसार संशोधन लगायतका विषयहरु हेटौंडा घोषणा पत्रमा समावेश गरिएका छन् ।

बागमती प्रदेश सरकारले तयार गरेको सहकारी संघ/संस्था संचालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड २०७९ पूर्ण रुपमा कार्यन्वयन गर्न मन्त्रालयले आवश्यक व्यवस्था गर्नुपर्ने लगायतका बुँदाहरु समेटिएका छन् ।

बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा प्रदेशका १३ जिल्लाका सहकारी जिल्ला संघ, सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एंव संविधान सभा सदस्य ओमदेवी मल्ल, प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडा, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमराज पाठक, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल जडिबुटी सहकारी संघ केन्द्रीय अध्यक्ष ईश्वरीराज पाण्डे, प्रदेश सहकारी संघको अध्यक्ष रामशरण घिमिरे लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*