प्रहरीको उपत्यकाबाहिर पहिलो स्मार्ट कन्ट्रोल रुम हेटौंडामा शुरु

हेटौंडाबाट ५४ लाख ४८ हजार रुपैयाँको सुनसहित एकजना पक्राउ
हेटौडा न्युज
३१ जेष्ठ २०८०, बुधबार १५:४८
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्यका लागि स्मार्ट कन्ट्रोल रुम संचालनमा ल्याइएको छ । आज बिहान जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले स्मार्ट कन्ट्रोल रुमको शुरुवात गरेका छन् । स्मार्ट कन्ट्रोल रुम सञ्चालनपछि प्रहरी कन्ट्रोलमा फोन नलाग्ने, घटनास्थलमा समयमै प्रहरी नपुग्ने जस्ता जनगुनासोको अन्त्य हुने प्रहरीले दाबी गरेको छ । नेपाल प्रहरीले काठमाडौं उपत्यका पछि पहिलो पटक सूचनाप्रविधि सहितको स्मार्ट कन्ट्रोल रुम हेटौंडाबाट सञ्चालनमा ल्याएको हो ।

त्यस्तै, मकवानपुर प्रहरीले ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एकजनालाई हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेबाट नियन्त्रणमा लिएको छ । प्रहरीले बीरगञ्जका २२ वर्षीय किसन साहलाई सुनसहित नियन्त्रणमा लिएको हो । प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ५ सय ६१.३० ग्राम सुनसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
प्रहरीका अनुसार प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएका थिए ।

मकवानपुर प्रहरीले रातोमाटेबाट अवैध कपडा पनि बरामद गरेको छ । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ६९२ नम्बरको यात्रुबाहक बसको डिक्कीभित्र १ लाख ५ हजार बराबरको १ सय थान साडी र ६ सय थान सल समेत बरामद गरेको छ । नियन्त्रणमा लिएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व कार्यालय, पथलैया, बारा पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*