हेटौंडा उपमहानगरको बजेट २ अर्ब ६० करोड

गत बर्षभन्दा ११ करोड कमी
हेटौडा न्युज
२ असार २०८०, शनिबार १२:३३
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आव २०८०/८१ का लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक छ । सार्वजनिक गरिएको बजेट आव २०७९÷८० भन्दा ११ करोड रुपैयाँ कम हो । देशको बढ्दो आर्थिक मन्दी र घट्दो राजश्व सङ्कलनका कारण बजेटको आकारमा सङ्कुचन आएको उपमहानगरको भनाई छ ।

उपमहानगरका उपमेयर राजेश बानियाँद्वारा प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार, राजश्व बाँडफाँडबाट ५९ करोड १४ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख र संघीय सरकारबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ रहेको छ ।

उपमहानगरको १३ औं नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम अनुसार सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख, पूर्वाधार विकासमा ३८ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ६७ लाख तथा वातावरण तथा विपद् व्यवस्थापनमा ७ करोड १५ लाख विनियोजन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*