१०० केजी गाँजा बोलेरो सहित १ जना प्रहरी नियन्त्रणमा

हेटौडा न्युज
३१ असार २०८०, आईतवार १४:३३
;

मकवानपुर । जिल्ला प्रहरी कायाल्य मकवानपुरको टोलीले १ सय केजी ६ सय गम लागू औषध गाँजासहित १ जनालाई पक्राऊ गरेको छ । आज विहान २ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–४ बाट हेटौडाबाट पथलैया तर्फ जादै गरेको बागमती प्रदेश ०३–००१ च १६८८ नम्बरको बोलेरो पिकअप गाडीलाई रोकी खानतलासी गर्दा सो परिमाणमा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सो सवारीका चालक गोरखा पालुङटार नगरपालिका वडा नं. ३ का बर्ष ३७ का दुर्गा दर्जीलाई बोलेरो पिकअपसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले गाडीको खानतलासी गर्दा सो गाडीको पछाडीको भागमा खाली क्रेटहरुको मुनी बोरा भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा लागूऔषध फेला पारेको थियो । पक्राऊ परेका उपर लागूऔषध नियन्त्रण २०३३ बमोजिम कार्वाही अघि बढाईएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*