हेटौंडाको नारायणी संघमा एसपी आईपुगे

हेटौडा न्युज
२१ श्रावण २०८०, आईतवार १५:१७
;

मकवानपुर । यातायात व्यवसायीहरुको छाता संगठन नारायणी यातायात व्यवसायी संघ (पुरानो नारायणी यातायात कम्पनी प्रा.लि.) ले आज एक कार्यक्रम गर्दै मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाललाई स्वागत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको कार्यालय प्रमुखका रुपमा केही दिन अघि आईपुगेका प्रहरी उपरीक्षक रिजाल र यातायात व्यवसायीका बीच यातायात क्षेत्रलाई सुरक्षित तथा व्यवस्थित बनाउने सम्बन्धमा अन्तक्र्रिया समेत भएको थियो ।

स्वागत कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक रिजालले पछिल्लो समय जिल्लामा दुर्घटनाको संख्यामा बढोत्तरी भईरहेकाले यसको न्युनिकरणमा हातेमालो गर्न आग्रह गरेका छन् । सवारी साधन दुर्घटनाको मूलकारण मानवीय कमजोरी नै रहेकाले चालक, सहचालकलाई समयसमयमा तालिम, पुनर्ताजगी तालिममा सहकार्य आजको आवश्यकता रहेको औल्याएका छन् ।

कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष अशोक पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव सरोजकुमार खनाल, निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईं लगायत संघका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*