थाहानगरमा फिल्म फेष्टिभल हुने

हेटौडा न्युज
९ भाद्र २०८०, शनिबार १७:५५
;

मकवानपुर । जिल्लाको उत्तरी क्षेत्र थाहानगरमा आउँदो मङ्सिर ९ देखि १५ गतेसम्म फिल्म फेष्टिभल हुने भएको छ । पर्यटनका लागि फिल्म फेष्टिभल मूल नाराका साथ थाहा कला केन्द्रको संयोजनमा हुने सो फेष्टिभलमा धार्मिक, साँस्कृतिक, ऐतिहासिक विषयवस्तु समेटिएका वृत्तचित्रदेखि पर्यटन प्रवद्र्धनका लागि तयार भएका चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगहरु फेष्टिभलमा निशुल्क प्रदर्शन गरिने बताईएको छ ।

कूल २७ लाख रुपैया खर्च लाग्ने सो फेष्टिभलको उद्देश्य थाहानगरमा रहेका विभिन्न पर्यटकीय स्थलहरको प्रचारप्रसार गर्दै सो क्षेत्रमा पर्यटन उद्योगको विकास गर्नु भएको आयोजकले जनाएको छ । प्रदेश सरकार, थाहा नगरपालिका लगायत संघसंस्थाहरुको आर्थिक सहयोग रहेको छ ।

फिल्म फेष्टिभल भरि चलचित्र निर्माता, निर्देशक, फिल्म प्राविधिकहरुलाई सो क्षेत्रको दृश्यावलोकन गराउँदै प्रचारप्रसारको थप सम्भाव्यता खोजिने आयोजकले जनाएको छ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेका दामन, सिमभञ्ज्याङ, टिष्टुङ, पालुङ, इन्द्रसरोवर ताल, बज्रबाराही, चित्लाङ पर्यटकीय क्षेत्रका रुपमा परिचित छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*