हेटौंडामा क्रेनले किच्दा सहचालकको मृत्यु

हेटौडा न्युज
२३ आश्विन २०८०, मंगलवार १८:५६
;

मकवानपुर । मकवानपुर । हेटौंडा उपमहानगर–१० कर्राचोक नजिकै क्रेनले किच्दा सोही क्रेनका सहचालकको मृत्यु भएको छ । आज मंगलबार दिउँसो प्रदेश २–०३–००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्ने क्रममा सहचालक पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर–३० लालपर्साका २८ वर्षीय सानबाबु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो क्रेनले किच्दा गम्भीर घाइते भएका पासवानको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जनाएका छन् । दुर्घटनापछि क्रेन र क्रेनका अपरेटर पर्सा बिरगंज–१६ का साजित अन्सारी प्रहरीको नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*