पालिकालाई माओवादी केन्द्रको ज्ञापनपत्र

मकवानपुर । नेकपा माओवादी केन्द्र गढी गाउँपालिका कमिटीले आज मकवानपुर गढी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । हालको कार्यसम्पादन सन्तोषजनक नरहेको, जनप्रतिनिधि स्वार्थ केन्द्रित भएको निष्कर्षसहित पालिका उपप्रमुख आशा नेपालीलाई ज्ञापन पत्र बुझाएको हो ।
केन्द्रले सामाजिक सुरक्षा भत्ताको सहजता, किसानलाई दिईने अनुदान, प्रशासनिक सुधार, जग्गाको वर्गीकरण, गुणस्तरीय शिक्षा लगायतका विषयमा पालिकाको कार्यनीति कमजोर हुन गएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
नेकपा माओवादी केन्द्र गढी गाउँपालिका कमिटीका अध्यक्ष राजकुमार खड्का र इञ्चार्ज सरोजकुमार खनालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पालिकाको राजश्व हिनामिनाको विषयमा समेत प्रश्न उठाएको छ । गत निर्वाचनमा दलीय गठबन्धनमार्फत निर्वाचित भएको स्मरण गराउँदै पालिकाको नीति तथा कार्यक्रम र बजेट बाँडफाँडमा सर्वदलीय र सर्वपक्षीय समन्वयलाई जोड दिन माग समेत गरिएको छ ।
हेर्नुहोस् ज्ञापनपत्रः