हेटौंडाको रातोमाटेमा सवारी दुर्घटना, १ जनाको ज्यान गयो
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे स्थित पूर्वपश्चिम सडकखण्डमा बाराको पथलैयाबाट चितवन तर्फ आउदै गरेको ना ४ ख ९५२० नं. को बसले सोही दिशा तर्फ आउदै गरेको ना ५३ प ८५२७ नं. को मोटरसाईकललाई ठक्कर दिई भएको दुर्घटनामा मोटरसाईकलमा सवार ३२ बर्षकी निशा कुमारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।
सो दुर्घटनामा मोटरसाईकल चालक बारा जीतपुर उपमहानगरपालिका–१२ सिमराका ४३ बर्षीय रोशन कुमार राय सामान्य घाईते भएका छन् । दुर्घटनापछि बस र चालकलाई मकवानपुर प्रहरी नियन्त्रणमा लिएको छ ।










