ध्वनी प्रदुषण नियन्त्रण गर्न प्रजिअलाई ध्यानाकर्षण
हेटौंडा । मकवानपुरमा ध्वनी प्रदुषण नियन्त्रण गर्न भन्दै जनसरोकार केन्द्र मकवानपुरले आज आईतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
जनसरोकार केन्द्र मकवानपुरका संयोजक ध्रुवप्रसाद चौलागाईले प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईलाई ध्यानाकषर्णपत्र बुझाउँदै बढ्दो ध्वनी प्रदुषण नियन्त्रण गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।
समाज प्रविधिमैत्री बन्दै गई रहेको वर्तमान अवस्थामा यसलाई नियन्त्रण नगर्दा मानिसमा मानसिक रुपमा असर गर्नुको साथै मुटुरोगी, श्रवण शक्तिमा समेत असर परेको प्रमाणित भईसकेको समयमा पनि यसको नियन्त्रणमा सरोकारवाला निकायले कुनै चासो नदेखाईएको ज्ञापनपत्रमा उल्लेख छ ।
ध्वनी प्रदुषणका कारण मकवानपुरका नागरिक समस्यामा पर्दै आएको भन्दै केन्द्रले जिल्लाका विभिन्न सरकारी गैरसरकारी निकाय तथा राजनीतिक दलहरुलाई पनि ध्यानाकर्षण गराएको छ ।