मनहरीमा जङ्गली हात्तीले घरगोठमा क्षति पुर्यायो
मकवानपुर । मनहरीमा जङ्गली हात्तीले गएराति एउटा घर र गोठमा क्षति पुर्याएको छ । मनहरी गाउँपालिका वडा नम्बर–८ को सिम्पानीमा जंगली हात्तीले एउटा घरमा पूर्ण रूपमा क्षति पुर्याएको छ भने एउटा गोठमा आंशिक रूपमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जङ्गली हात्तीले स्थानीय टल्के चेपाङको एकतले घरमा आक्रमण गरेर पूर्णरुपमा भत्काइदिएको छ भने, सोही स्थानका रामबहादुर तामाङको गोठमा आंशिक क्षति पुर्याएको छ । हात्तीले आक्रमण गरेपछि प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा सो हात्तीलाई जङ्गलतर्फ धपाइएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । प्रहरीका अनुसार हात्तीको आक्रमणबाट मानवीय क्षति भने भएको छैन ।










