ट्राफिक प्रहरीमाथि छुरा प्रहार

हेटौडा न्युज
१९ माघ २०८०, शुक्रबार १४:४०
;

सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत प्रहरी जवान प्रमोद महतोमाथि कार्यालयमै छुरा प्रहारबाट घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख मदन थापाले जानकारी दिएका छन् । उनका अनुसार ट्राफिक कार्यालय अगाडि पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर–१ घर भएका यमामुद्दिन देमानले प्रहरी जवान महतोलाई छुरा प्रहार गरेका थिए ।

सवारी चेकजाँचको क्रममा केही विवाद भएपछि कार्यालय परिसरमै छुरा प्रहार भएको थियो । कार्यालय प्रमुख थापाका अनुसार छुरा प्रहार गर्ने देमानलाई इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ । छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको र उनको थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*