विवादपछि धादिङमा एमालेको अधिवेशन स्थगित
धादिङ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा विवाद भएपछि स्थगित भएको छ । जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूको विषयमा विवाद भएपछि अधिवेशन स्थगित भएको हो । एमाले बागमती प्रदेश अध्यक्ष अध्यक्ष ढुंगेलले जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम प्रतिनिधि छनौट नगरेको भन्दै बन्दसत्रमा झडपको अवस्था आएको थियो । झडपमा एमाले कार्यकर्ता सन्तोष खनालको हात समेत भाँचिएको छ ।
अध्यक्ष ढुङेलले आज बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको विज्ञप्ति जारी गरेका छन् । पाँच प्रतिशत मनोनीत हुने प्रतिनिधिका सवालमा विवाद सुरु भएको थियो ।
विज्ञप्तिः