विद्युतीय सुरक्षा दिवसमा पालुङमा प्रभातफेरी

मकवानपुर । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतीय सुरक्षा दिवस–२०८० को अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । आज सोमबार पालुङ वितरण केन्द्रले विद्युत सुरक्षा सम्बन्धी सचेतनामूलक प्लेकार्ड सहित प्रभातफेरी र्याली वितरण केन्द्रको कार्यालयबाट शुरुगरि थानाबजार दोबाटो लगायतका बजार क्षेत्र परिक्रमा गरि सभामा परिणत भएको थियो । र्याली पश्चातको सभालाई सम्बोधन गर्दै पालुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेले विद्युतीय दुर्घटनाबाट बच्न गुणस्तरीय बिद्युतीय उपकरणको प्रयोगसंगै सुरक्षाका उपकरण अवलम्वन गरी विद्युतीय सुरक्षामा ध्यान दिई सेवा प्रदान गर्न आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
विद्युतीय दुर्घटना न्यूनिकरणका लागि जनचेतना फैल्याई सुरक्षित विद्युत सेवाको सहज पहुँच नै आजको आवश्यकता भएको धारणा व्यक्त गरेका थिए । , उपभोक्तामा सचेतनामूलक सन्देश सञ्चार गरी विद्युतीय दुर्घटनामा कमी ल्याउन विद्युतीय सुरक्षा दिवस मनाईएको पालुङ वितरण केन्द्रका प्रमुख न्यौपानेले बताएका छन् ।
र्यालीमा सहभागीहरुले “विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरौं, ” प्रलोभनमा नपरौं, विद्युतको सुरक्षित उपयोग गरौं”, “विद्युत दुर्घटनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं ” जस्ता चेतनामूलक नारा लेखिएको प्लेकार्ड बोकेका थिए । नेपाल विद्युत प्राधिकरणले हरेक वर्ष चैत्र २६ गते विद्युतीय सुरक्षा दिवस मनाउदै आएको छ ।