हेटौंडा वडा नम्बर-८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–८ बालमैत्री स्थानीय शासनयुक्त वडा हुने भएको छ । आउँदो असार २९ गते उपमहानगरकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो । बालमैत्री शासनयुक्त वडा घोषणा गर्नका लागि ५१ वटा सुचकहरु पूरा गरिसकेकाले घोषणा गर्न लागिएको सहजकर्ता रोजिता दंगालले जानकारी बताएकी छिन् । वडा नम्बर ८ भित्र १९ वटा टोल विकास संस्था र २१ वटा बाल समूह रहेका छन् ।
गत फागुन २२ गते यसै वडाको चन्द्रोदय माध्यमिक विद्यालयलाई बालमैत्री विद्यालय घोषणा भएको थियो । बालबालिकाको हकहितमा विभिन्न कार्यक्रमहरु गरिरहेको यस वडाले आव २०८०/८१ मा ८ जना र अन्य स्थानबाट ४ गरि १२ जना बालश्रमिकहरुको उद्धार गरेको छ, भने ४ वेपत्ता बालबालिकाको उद्धार र ३ वटा बालबिवाह रद्ध गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।