नारायणी संघद्वारा कार्कीलाई १ लाख रुपैयाँ सहयोग

मकवानपुर । नारायणी यातायात व्यवसायी संघद्वारा मृगौला रोगीलाई १ लाख रुपैया सहयोग गरेको छ । संघका पूर्व कार्यसमिति सदस्य समेत रहेका गोपालबहादुर कार्कीलाई सो सहयोग रकम आज हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष हिराललाल श्रेष्ठ, निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाई, महासचिव सरोजकुमार खनाल, कोषाध्यक्ष राजेश खड्गीसहित संघका पदाधिकारी, सदस्यहरु कार्कीको हेटौंडा–४ स्थित घरमै पुगेर रकम हस्तान्तरण गरेका थिए ।
लामो समयअगाडि देखि मृगौला रोगबाट ग्रसित कार्की हाल नियमित डायलासिस गराईरहेका छन् । मकवानपुरको पालुङ्गमा जन्मेका कार्की यातायात व्यवसायीका रुपमा रहेका थिए ।