हेटौंडाको १९ वटै वडामा आँखाको पर्दा जाँच शुरु

हेटौडा न्युज
८ श्रावण २०८१, मंगलवार १५:३९
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले नगरका १९ वटै वडामा आँखाको पर्दा जाँच कार्यक्रम सुरु गरेको छ । हेटौंडा समुदायीक आँखा अस्पतालको प्राविधिक सहयोग तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा नगरका सम्पूर्ण वडामा रहेका मधुमेहका बिरामी तथा ५० बर्ष उमेर समूहका नगरवासीको आँखाको पर्दा जाँच कार्यक्रम सुरु गरेको हो । हेटौंडा–ؘ१९ को सान्नानीटारबाट शुरु गरिएको आँखा जाँच कार्यक्रमको हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी छिन् ।

कार्यक्रममा समुदायिक आँखा अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीले शिविर मार्फत आँखामा सुगर, प्रेसर सहित अन्य समस्याको बारेमा सर्वसाधारणलाई जानकारी गराइने बताएका छन् । आज गरिएको आँखा जाँचमा ९० जना मध्ये मधुमेहका कारण २० जना बिरामीको आँखामा समस्या देखिएको सामुदायिक आँखा अस्पतालले जनाएको छ । टोल विकास सँस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*