हेटौडा सिमेन्ट उद्योगको चोरीको तारसहित ९ जना पक्राऊ

मकवानपुर । सरकारी स्वामित्वको एकमात्र हेटौंडा सिमेन्ट उद्योगबाट गत असोज २३ गते चोरी भएको तामाको तारसहित ३ जना पक्राऊ परेका छन् ।
मकवानपुर प्रहरीका अनुसार तामाको तार चोरीमा संलग्न भएको आरोपमा हेटौंडा–१३ का मनिराम थोकर, सन्तबहादुर तितुङ र तार खरीदकर्ता कवाडी संचालक दिलखुश कुमार साह समेतलाई नियन्त्रणमा लिई चोरी तथा डाकामुद्दा कसुरमा पक्राऊ गरिएको जनाएको छ । चोरीमा संलग्न अन्यको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । असोज २३ गते उद्योग परिसरबाट करीब २० लाख मूल्य बराबरको तामाको तार चोरी भएको उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीले बताएका छन् ।
त्यस्तै, प्रहरीले विभिन्न स्थानबाट चोरीको सामान सहित ६ जनालाई पक्राऊ गरेको छ । प्रहरीले हेटौंडा–८ बाट निर्माणाधिन घरबाट बिजुलीको तारहरुसहित हेटौंडा– का सुमन राई , समिर घिमिरेलाई पक्राऊ गरेको छ । त्यस्तै, हेटौंडा–८ को हेटौडा फन भिल्लाबाट नगद २० हजार र साउण्ड सिस्टम चोरी गरेको आरोपमा २४ को सुशान्त श्रेष्ठलाई पक्राऊ गरेको छ । मकवानपुर प्रहरीले केही दिन अघि चोरी भएको स्थानीय पत्रकार राजेश थापाको मोटरसाईकलसमेत उनीहरुबाट बरामद गरेको छ ।
प्रहरीले फास्ट ट्र्याकमा वेल्डिङको काम गर्ने राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई आफैले काम गर्ने कम्पनीको ३७ किलो विद्युतको तारसहित नियन्त्रणमा लिएको छ ।