“दोश्रो कमाने महोत्सव” पुष ११ देखि १३ गतेसम्म हुने

हेटौडा न्युज
३ पुष २०८१, बुधबार १७:१२
;

मकवानपुर । “दोश्रो कमाने महोत्सव–२०८१” पुषको ११ गतेदेखि १३ गते सम्म हुने भएको छ । हेटौंडा वडा नम्बर–८ मा हुने महोत्सवमा स्थानीय उत्पादन, परिकार, हस्तकला लगायत वडाका १९ वटै टोल विकास संस्थाहरुको उत्पादनको प्रदर्शनी हुने आयोजकले जनाएको छ । कमाने सडकको दायाँबायाँ नमूना चौकदेखि अमरसिंह मार्ग बिचको सडकमा करीब १ सय स्टलहरु रहने बताईएको छ । तीनदिने महोत्सवमा ८ ला ख ५० हजार खर्च हुने अनुमान गरिएको महोत्सव आयोजना सचिवालय प्रमुख उमेश थापा मगरले बताएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ को विनियोजित बजेट ५ लाख र स्टल भाडा, विभिन्न निकायहरुको सहयोगबाट मेला आयोजना गर्न लागिएको संयोजक मगरले जनाएका छन् ।

वडा कार्यालयबाट दिएको विभिन्न सीपमूलक तालिम लिएर स्वउत्पादनमा लागेकाहरुको बजारीकरणमा सघाऊ पुर्याउन महोत्सव आयोजना गर्न लागिएको वडा नम्बर–८ का वडाध्यक्ष तथा मूल आयोजक समितिका अध्यक्ष रामकृष्ण थापाले बताएका छन् । हेटौंडा उपमहानगरपालिकाका अन्य वडाहरुमा उत्पादन भएका विशेष वस्तु, सेवा तथा सामग्रीहरुलाई पनि यो बर्षदेखि स्थान दिईने अध्यक्ष थापाले बताएका छन् । “कमानेको किनौं, कमानेलाई चिनौं” भन्ने मूल नाराका साथ अघिल्लो बर्ष पौष ६ र ७ गते २ दिने कमाने महोत्सव भएको थियो । महोत्सव अवधिभर सो सडक खण्डमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको महोत्सव आयोजक कमिटीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*