मकवानपुरगढीको कुर्लेदमारमा ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

हेटौडा न्युज
४ माघ २०८१, शुक्रबार ०८:४८
;

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा तामाङ सामुदायको महत्वपूर्ण चाड सोनाम ल्होछारमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । २८६१ (डुल ल्हो) सोनाम ल्होसारको अवसरमा मकवानपुरगढी वडा नम्बर–२ को कुर्लेदमार चौरमा माघ १२ गते बृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
नेपाल तामाङ घेदुङ मकवानपुरगढी गाउँपालिकाले आयोजना गर्न लागेको हो । घेदुङ मकवानपुरगढीका अध्यक्ष एवम् कार्यक्रम संयोजक सानुकान्छा थिङका अनुसार राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा कार्यक्रम हुने भएको जानकारी दिएका छन् ।

संयोजक थिङका अनुसार स्थानीय कलाकारसहित प्रकाश तितुङ, फुलकुमार भोम्जन, रेस्मा भोम्जन, ऐलिना रायमाझीलगायतको प्रस्तुति र तामाङ जातिको मौलिक संस्कार–सँस्कृति, भेषभूषाकाने प्रदर्शन गरिने जानकारी दिएका छन् । कार्यक्रममा करिब ६ लाख खर्च हुने अनुमान गरिएको छ । यो बर्ष सोनाम ल्होछार २८६१ सर्प बर्ष परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*