मोबाइल एशोसिएन मकवानपुरमा न्यौपाने निर्वाचित

मकवानपुर/मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । एशोसिएसनको शनिबार सम्पन्न १४ औँ साधारणसभा तथा सातौँ अधिवेशनबाट न्यौपाने निर्वाचित भएका हुन् ।
न्यौपानेले ७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रोहिणीप्रसाद गौतमले ५७ मत प्राप्त गरेका थिए । यस्तै, उपाध्यक्षमा अनिलदास बानियाँ ८२ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी शिवराज बास्तोलाले ४९ मत मात्र प्राप्त गरे । १ सय ३४ जना सदस्य रहेको एशोसिएसनमा १ सय ३२ मत खसेको थियो ।
एशोसिएसनको अन्य पदाधिकारी तथा सदस्य भने निर्विरोध चयन भएका छन् । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा राजकुमार दाहाल, महासचिव मिलन स्याङ्तान, सचिव सुमन रायमाझी, कोषाध्यक्ष प्रवेश चापागाईं, सहकोषाध्यक्ष पुष्पराज गौतम निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरुमा एदिश रिजाल, जीवनाथ अधिकारी, पप्पुकुमार केशरी, सन्तोष दाहाल, अदाम हुसेन मसुरी र निरोज रिमाल चयन भएका छन् ।
१५ सदस्यीय कार्यसमितिमा बाँकी २ सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।