मकवानपुरका पहिलो सगरमाथा आरोही सम्मानित

हेटौडा न्युज
२२ माघ २०८१, मंगलवार १९:०५
;

मकवानपुर/मकवानपुरको सामुदायिक रेडियो रेडियो मकवानपुरले जिल्लाका पहिलो र एकमात्र सगरमाथा आरोहीलाई सम्मानित गरेको छ । रेडियोको १५ औँ वार्षिकोत्सवका अवसरमा बकैया ४ का सगरमाथा आरोही विक्रम कार्कीलाई नगद १० हजार सहित सम्मानित गरिएको हो ।

रेडियोको १५ औँ वार्षिकोत्सव तथा रेडियो संचालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको २७ औँ स्थापना दिवसका अवसरमा कार्कीलाई सामुदायिक सम्मान २०८१ बाट सम्मानित गरिएको हो । कार्कीले २०७९ जेठ ७ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

यस्तै अमर मावि, हेटौँडा १ की प्रधानाध्यापक मालती उप्रेतीलाई पनि सोही सम्मानबाट सम्मानित गरिएको छ । रेडियोमा कार्यरत एनिस लुईँटेललाई नगद ७ हजार सहित उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*