दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

हेटौडा न्युज
३ फाल्गुन २०८१, शनिबार ११:०८
;

मकवानपुर/हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङमा ट्रक र अटो एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत थानाभर्‍याङमा शुक्रबार राती भएको दुर्घटनामा अन्य दुई घाईते भएका छन् ।

शुक्रबार राति हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना. ४ ख. २४९६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना. १ ह. ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो । दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका-६ खयरघारी घर भएकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

अटोमा सवार मृतक पूजा बम्जनको छोरा ११ वर्षीय अमृत घिसिङ र अटो चालक हेटौंडा उपमहानगरपालिका-१९ बासघारी बस्ने २५ वर्षीय राजु थिङ घाइते भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*