बिहीबार हेटौँडा महोत्सवमा ज्योति मगर आउँदै

हेटौडा न्युज
८ फाल्गुन २०८१, बिहीबार ०८:१६
;

मकवानपुर/हेटौँडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा बिहीबार गायिका ज्योति मगरको प्रस्तुति रहने भएको छ । निर्माण व्यवसायी सङ्घ मकवानपुर र औद्योगित शान्ति नेपाल संस्थाले आयोजना गरेको मेलामा बिहीबार गायिका मगरको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

मङ्गलबारदेखि सुरु भएको मेलामा बुधबार गायक सुगम पोखरेल, सिर्जना खत्री लगायतले दर्शकहरूको मनोरञ्जन गराएका थिए । बिहीबार ज्योति मगरसँगै लोक गायक नवराज घोरासैनी, रवि रिमाल, विश्वराम कार्की, मदन विष्ट लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिँदैछन् ।

महोत्सवमा बुधबारदेखि ‘हेटौँडा आइडल’का लागि छनौट भएका प्रतिस्पर्धीहरूको प्रतियोगिता समेत सुरु भैसकेको छ । हेटौँडा १०, टिसिएन चौरमा सुरु भएको मेलामा १ लाख ५० हजारले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

मेलामा विभिन्न निर्माण सम्बद्ध कम्पनीहरूको उपकरण प्रदर्शनीका साथै औद्योगिक एवम् व्यवसायिक स्टलहरू पनि राखिएका छन् । करिब ३५० स्टल रहने मेला फागुन १८ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*