घिमिरे बन्धु प्रतिष्ठानमा एसपीको नेतृत्व

हेटौडा न्युज
२४ फाल्गुन २०८१, शनिबार १५:२२
;

मकवानपुर/घिमिरे बन्धु प्रतिष्ठान मकवानपुरले अध्यक्षमा एसपी (शंकर) घिमिरे चयन भएका छन् । प्रतिष्ठानको शनिबार हेटौँडामा सम्पन्न आठौँ जिल्ला भेला तथा चौथो अधिवेशनले घिमिरेको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा ज्ञानप्रसाद घिमिरे, सचिव यदु कुमार घिमिरे र कोषाध्यक्षमा भवनाथ घिमिरे चुनिएका छन् । सो अवसरमा प्रतिष्ठानले ज्येष्ठ सदस्य धर्मदत्त घिमिरेलाई सम्मानित समेत गरेको छ ।

प्रतिष्ठानका केन्द्रीय सचिव अजय घिमिरेको आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*